सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित


०७:५९ बजे

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई जनाको नाम अनुमोदन गरेको छ । आज (शुक्रबार) बसेको समितिको बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

गत असोज ११ गते न्याय परिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरी परेका थिए भने पाण्डेविरुद्ध कुनै उजुरी परेको थिएन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७