१४ महिनापछि रिहा भए कृष्णबहादुर महराका छोरा राहुल


१२:३२ बजे

काठमाडौं । सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् । अदालतले तोकेको १४ महिना सजाय भुक्तान गरेर उनी रिहा भएका हुन् ।

इलेक्ट्रिक चुरोट (भेप)  मार्फत भएको नौ किलो सुन तस्करी गरेको आरोपमा मुछिएपछि वयानको लागि आफै सिआइबीमा हाजिर हुन पुग्दा थुनिएका उनी एक वर्षपछि अस्ति १३ गते मंगलबार छुटेका हुन् ।

पक्राउ परेको एक महिनापछि असोज २५ गते उनी काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा पुगेका थिए । 

 

२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबु–छोराको निरन्तर फोन सम्पर्क भएको देखिएको थियो ।

राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले थुनामा राखेकाे थियो । जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

राहुलको मुद्दामा गत भदौमा फैसला भएको हो । न्यायाधीश केशव पोखरेलले उनलाई १४ महिनाको जेल सजाय सुनाएका थिए । पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ ।

त्यही दिन उनी रिहा भएको केन्द्रीय कारागार स्रोतले जानकारी दिएको छ । बाबु कृष्णबहादुर महरा पनि सोही प्रकरणमा गत चैतमा पाँच दिनमा हिरासतमा बसेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७