बाँसको र्‍याक बनाएर जीविकोपार्जन


२०:०८ बजे

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको ¥याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएका छन् । बुबाले विसं २०५२ मा सुरु गरेको व्यवसायलाई उनले निरन्तरता दिएका हुन् । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको ¥याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएका छन् ।

व्यवसायीहरुले एकै पटकमा एक सय बढी संख्यामा ¥याकको माग गर्ने भएकाले उनको दैनिकी ¥याक बनाउनमै बित्छ। ‘अहिले ¥याकको माग धेरै छ, तिहार सुरु हुँदा समेत ¥याक बनाएर बस्नु परेको छ’, उनले भने, ‘¥याक लिन व्यापारीहरु आफै गाडी लिएर आइपुग्छन् ।’ बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उनको भनाइ छ । उनका अनुसार एक दिनमा एक जनाले कम्तीमा आठ वटा ¥याक तयार गर्छन् । 

विभिन्न चार आकारको ¥याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा रु तीन सय १० देखि रु पाँच सयसम्ममा बिक्री गर्दै आएको बताए । ¥याक बिक्रीबाटै खर्च कटाएर उनले हाल मासिक औसतमा रु ३० हजार बचत गर्ने गरेको बताए । कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट ¥याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ । 

‘¥याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ’, उनले भने, ‘छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ ।’ ¥याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए । सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए । सुरुमा रु १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ । बाँस बाहेक रङ, काँटी र काठ प्रयोग गरेर ¥याक बनाउन सकिन्छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७