सभापति देउवाले महामन्त्री थापालाई बनाए कांग्रेस सदस्यता व्यवस्थापन समिति संयोजक


२०८१ कार्तिक १४ बुधबार ०४:१५ बजे

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको सदस्यता व्यवस्थापनका लागि समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा चार सदस्यीय सदस्यता व्यवस्थापन समिति गठन गरेका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली स्नेहीलाई मनोनीत गरेका छन् । कांग्रेसमा वडा तहको अधिवेशनमा क्रियाशील सदस्यहरू नै मतदाता हुन् ।

क्रियाशील सदस्यहरूमध्येबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनका प्रतिनिधिहरू निर्वाचित गर्ने भएकाले सदस्यतालाई महत्वका साथ हेर्ने गरिएको छ । हाल कांग्रेसमा ८ लाख ५२ हजार क्रियाशील सदस्य रहेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७