अवरुद्ध नेपाल र भारतबीचको खेल फेरि शुरु, सावित्राले फर्काइन् बराबरी गोल


२०८१ कार्तिक ११ आइतबार ०३:०५ बजे

काठमाडौं । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको तनावपूर्ण सेमिफाइनल खेल अन्ततः फेरि शुरु भएको छ । खेल सुरु भए लगत्तै नेपाली स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याएकी छिन् ।

खेलमा यसअघि ६४औं मिनेटबाट भारतको १–० अग्रता थियो । भारतले गोल गरे लगत्तै नेपाली खेलाडी प्रिती राईले भारतीय पोस्टमा जवाफी गोल गरेकी थिइन् । तर, भारतीय खेलाडीहरू गोलको खुशी मनाइरहेको अवस्थामा रेफ्रीले प्रितीको गोललाई मान्यता नदिँदा विवाद भयो ।

यो विवादकै कारण नेपालले खेल नखेल्ने अडान लिँदा खेल १ घण्टा ६ मिनेटसम्म अवरुद्ध भएको थियो । अवस्था सामान्य भएसँगै पुनः सुरु भएको खेल अहिले १–१ को स्थितिमा छ । जहाँ दुवै टोली उपाधि दाबीका लागि भिडिरहेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७