बलिङमा दिपेन्द्र र ब्याटिङमा कप्तान पौडेल चम्किँदा अमेरिकामाथि नेपालको जित 


२०८१ कार्तिक २ शुक्रबार १२:०३ बजे

 काठमाडौं । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ । टेक्सासस्थित ग्रान्ड प्रेरिमा शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो । 

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । उसका लागि शायन जहाँगीरले अविजित ६० र एन्ड्रिज गौसले ३० रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ तथा गुल्शन झा, रिजन ढकाल र करण केसीले १–१ विकेट लिए । 

यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए । दीपेन्द्र आउट भए लगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए ।

नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए । अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २ २ विकेट लिए । श्रृंखलाअन्तर्गत दोस्रो खेल आईतबार र तेस्रो खेल सोमबार हुनेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७