इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी


२०८१ असोज ३० बुधबार १६:१५ बजे

काठमाडौं । ‘हनी ट्रयाप’ प्रकरणमा ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । 

पक्राउ पुर्जी जारी भएसँगै शाहीलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । उक्त प्रकरणमा एक जना सहायक हवलदारसहित चार जना पक्राउ परिसकेका छन् । हनी ट्रयापको घटनामा बलात्कारको कसुर लगाएर फसाइ दिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको थियो ।

पीडितले नै प्रहरीलाई भनेपछि घटना बाहिर आएको थियो । प्रहरीले हनी ट्रयाप घटनामा संलग्न युवतीसहित तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ । स्रोतका अनुसार शाही हाल फरार छिन्। छानबिन समितिले यसअघि घटनाको सन्दर्भमा बुझ्नका लागि उनीसँग सम्पर्क गरेको थियो।

तर उनले समितिसमक्ष उपस्थित हुन पनि इन्कार गरेकी थिइन् । ललितपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी बस्ने सुष्मा विक, इटहरीकै ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ । अर्का आरोपी दर्शन पोखरेल भने हाल फरार छन् । व्यवसायीलाई फसाउन इन्सपेक्टर शाहीको सहयोग देखिएको छानबिन समितिको निष्कर्ष छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७