टिपर दुर्घटनामा चालकको मृत्यु


२०८१ कार्तिक २ शुक्रबार १२:११ बजे

दाङ । दाङमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकामा गए राति रा १ ख १८५७ नम्बरको टिपर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा टिपर चालक दाङकै गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरीको मृत्यु भएको छ ।

चुनढुँगा लिन जाँदै गरेको टिपर घोराही–तापा सडक खण्डमा पर्ने जुम्लेपानीमा  सडकबाट करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७