फलामको गेटले च्यापेर बालकको मृत्यु 


२०८१ कार्तिक २ शुक्रबार १४:२० बजे

झापा । झापाको अर्जुनधारामा फलामको गेटले च्यापेर एक बालकको मृत्यु भएको छ ।  गए राति ८ बजेतिर अर्जुनधारा नगरपालिका– ६ निवासी सवनम मस्कराका छोरा २ वर्षीय छोरा शिवम मस्करालाई फलामको गेटले च्यापेर घाइते भएका  थिए ।

आमा श्रेया अग्रवालसँग मामाघरमा गएको बेला फलामको गेटमा खेल्ने क्रममा गेट पल्टिएर च्याप्दा गम्भीर घाइते बालकको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रबार बिहान ज्यान गएको हो । बालकको बिहान ६ः१५ बजेतिर ज्यान गएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७