डडेलधुरा बस दुर्घटना : मृत्तकको संख्या पाँच पुग्यो 

छोरा जन्मिएको खुशी बोकेर फर्कंदै गरेको सहदेवको चार जनाको परिवार बाटोमै अस्ताए


२०८१ असोज ३० बुधबार १६:०९ बजे

डडेल्धुरा । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बुधबार बिहान ११ बजेतिर बैतडीको पुर्चौडी नगरपालिका–१० कि ६० वर्षीया गोवणी महराको शव दुर्घटनास्थलमा भेटिएको डडेलधुरा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता उपेन्द्र बमका अनुसार यसअघि उक्त दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका–३ कि ४५ वर्षीया जैमती बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा र उनका नाबालक छोरा, सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भइसकेको छ ।

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौडी जाँदै गरेको बस बुधबार बिहान तीन बजेतिर डडेलधुरामा दुर्घटना भएको थियो । डडेलधुरा प्रहरीका अनुसार पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस डडेलधुराको अमरगढी नगरपालिका–७ पोखरा बजारनजिक पर्ने खस्रेखानमा दुर्घटना भएको थियो । घाइते भएका १२ जनालाई डडेलधुरा अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको प्रवक्त बमले बताए । बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको छ । चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

बैतडीको पुर्चौडी नगरपालिका–३ तोली गाउँकी २० वर्षीया कमला बोहरा गर्भवती थिइन् । २४ असोजमा उनी ‘डेलिभरी’ का लागि कैलालीको धनगढी झरेकी थिइन् । उनका श्रीमान २२ वर्षीया सहदेव बोहरा पनि साथमै थिए । गर्भवती छोरीको स्याहार गर्न आमा ४५ वर्षीया जैमती पनि धनगढी आएकी थिइन् ।

सोमबार कमलाले छोरा जन्माइन् । पहिलो सन्तान जन्मदिएपछि बोहरा परिवारमा खुशीमा  थियो । तर उनीहरूको खुशी एक दिन पनि टिक्न पाएन । छोरा जन्मिएपछि घर फर्किरहेका उनीहरू सवार बस मंगलबार राति दुर्घटनामा पर्‍यो । छोरा जन्मिएको खुशीमा घर फर्किरहेका बोहरा परिवारका चारै जना बाटोमै अस्ताए । दुर्घटनाले पुर्चौडी शोकमा डुबेको पुर्चौडी नगरपालिका–३ का अध्यक्ष खगेन्द्रबहादुर बोहराले बताए । उनका अनुसार मृतक तोलीगाउँका चार जना एकै परिवारका हुन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७