भारतीय राष्ट्रपति द्रौपदी मुर्मू अफ्रिकी राष्ट्रको भ्रमणका लागि प्रस्थान


२०८१ असोज २७ आइतबार ०५:३७ बजे

काठमाडौं । भारतीय राष्ट्रपति द्रौपदी मुर्मू तीन अफ्रिकी राष्ट्र अल्जेरिया, मौरितानिया र मलावीको सात दिने भ्रमणका लागि आइतबार अल्जेरिया  प्रस्थान गरेकी छन् ।

अफ्रिकी राष्ट्रमा राष्ट्रपति मुर्मुको यो पहिलो भ्रमण हो । आफ्नो भ्रमणको क्रममा राष्ट्रपति मुर्मूले द्विपक्षीय बैठकहरू गर्ने तथा भारतीयहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति मुर्मूले आफ्ना समकक्षी अब्देलमाद्जिद तेबुनेको निमन्त्रणामा अक्टोबर १३–१५ सम्म अल्जेरियाको भ्रमण गर्नेछिन् ।

मन्त्रालयका अनुसार भ्रमणको दोस्रो चरणमा भारतीय राष्ट्रपति मुर्मूले  अक्टोबर –१६ मा मौरितानियाको भ्रमण गर्नेछिन् । भ्रमणको अन्त्यमा उनले अक्टोबर १७–१९ सम्म मलावीको भ्रमण गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७