भुटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीलाई गरिएको सम्मान हो : पूर्व राजा


२०८१ असोज २६ शनिबार १७:३८ बजे

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा आफूलाई गरिएको स्वागत सबै नेपालीहरुलाई गरिएको सम्मान भएको बताएका छन् । निर्मल निवासमा शनिबार सर्वसाधारणलाई विजया दशमीको टीका लगाउने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन् ।

उनले केही दिनअघि मात्रै आफू भुटान गएको र भुटान भ्रमण निजी भ्रमण रहेको बताए । भुटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको उनले बताए । पूर्वराजा शाहले भुटानको राजपरिवार र भुटानी जनताले आफूलाई दर्शाएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरु र नेपालालई गरेको सम्मानका रुपमा लिएको बताए ।

उनले नेपाललाई गरेको स्वागतका लागि भुटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरेका छन् । उनले भने, ‘तपाईंहरुमार्फत सबै नेपालीलाई शुभकामना छ, विजया दशमीको । अहिले हालै म भुटान गएको थिएँ । त्यसको अहिले चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो । त्यहाँका राजपरिवार र भूटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता । मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु । तपाईंहरुमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु ।’ पूर्वराजा शाहले विजया दशमीको शुभ अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७