मध्यराति नाचगान हेर्न गएका उमेशको हात्ती आक्रमणमा मृत्यु, सँगैका दुई साथी भागेर जोगिए


१७:३४ बजे

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट फेरि एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणमा परेर चौधरीको मृत्यु भएको हो ।

मंगलबार बिहान साढे १ बजेतिर नाचगान हेरेर चौधरी र उनका अन्य दुई साथी घर फर्कदै थिए । त्यसै बेला उनीहरुमाथि हात्तीले आक्रमण गरेको हो । चौधरीका अन्य दुई साथीले भागेर ज्यान जोगाएका छन् । दशैं सुरु भएसँगै थारु समुदायमा सखियाको रौनक छ । थारु बस्तीमा यतिबेला राति सखिया नाच हुने गर्छ ।

‘नाचगान गरेर फर्किने क्रममा जङ्गल क्षेत्रमा हात्तीको आक्रमणमा परेके हुन् । राति हात्तीको आवाज सुनेका रहेछन् । सँगैका दुई साथीले भागेर ज्यान जोगाए,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भाष्कर चन्दले भने । १३ असोजमा पनि कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाइमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७