मेयरमाथि आक्रमण, डुबानका बेला ‘बेपत्ता’ भएको आरोप


०४:०३ बजे

पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि हातपात भएको छ । वडा नम्बर १७ को सडक अवलोकनमा निस्किएका मेयर सिंहमाथि स्थानीयले हातपात गरेका हुन् । 

असोज ११ र १२ गतेको अविरल वर्षापछिको  उक्त वडाका विभिन्न सडकमा पानी जमेर अरुवद्ध बनेको थियो । आज (सोमबार) दिउँसो मेयर सिंह सडक अवलोकन गर्न जाँदा केही युवाले हातपात गरेको उनका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिएका छन् ।

मेयर सिंह सडकमा जमेको पानीलाई कसरी हटाउन सकिन्छ भनेर अवलोकनका लागि गएका बेला स्थानीय युवाहरुले आएर हातपात गरेको तर नगर प्रहरीले तत्कालै झडप साम्य बनाएको उनले जानकारी दिए । सडक अवरुद्ध भएको डेढ हप्तासम्म मेयरले कुनै चासो नदिएको स्थानीयको आरोप छ । आफूहरुको पहलमा पानी कटाई  सकेपछि काम देखाउनकै लागि मेयर सिंह पुगेपछि विवाद सिर्जना भएको स्थानीय बताउँछन् । डुबानका बेला नदेखिएका मेयर मौसम सुधार भई घाम लाग्न थालेपछि देखिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७