प्रवासी नेपाली मञ्च दक्षिण कोरियामा अन्जान राई


१८:०४ बजे

काठमाडौं । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्व चयन भएको छ । निवर्तमान सचिव अन्जान कुलुङ राईको अध्यक्षतामा १० सदस्सीय नयाँ नेतृत्व चयन भएको हो । 

मञ्चको ८औं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा राई, उपाध्यक्षमा नवराज तिमिल्सिना, सचिवमा, देवेन खम्बु र उपसचिवमा मणिराम गौतम चयन भएका हुन् । 

यसैगरी सदस्यहरुमा दिप थापा मगर, जीवन पौडेल, महेश थापा, सन्दिप चोङवाङ, राजेन्द्र तामाङ  र कुवेर थापा चयन भएका छन् । 

नेकपा (एमाले) सचिव पद्माकुमारी अर्याल प्रमुख अतिथि र प्रवासी नेपाली मञ्च पूर्वी एसिया तथा ओसियाना इन्चार्ज डा. सूर्य पाठक विशेष अतिथिको रूपमा अधिवेशनमा सहभागी भएका थिए । 

निर्वाचित भएपछि अध्यक्ष राईले नेकपा (एमाले)को विचार, सिद्धान्त र आर्दशलाई दक्षिण कोरियामा रहेका नेपाली समुदायमा प्रभावका लागि मञ्चले काम गर्ने बताए । अध्यक्ष राईले नयाँ पेजसँग भने, ‘दक्षिण कोरियामा रहनु भएका नेपालीहरुको हकहितमा काम गर्दै उहाँहरुको विचमा एमालेको विचार, सिद्धान्त र आर्दशलाई प्रवाह गर्नेछौं ।’  

अध्यक्ष राईले पछिल्लो समयमा प्रवासमा रहेका नेपालीहरुले पनि नेपाली राजनीतिमा हस्तक्षेप गरीरहेको उल्लेख गर्दै नेकपा (एमाले)लाई बलियो बनाउन लागि प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले भूमिका खेल्ने गरी काम गर्ने बताए । भने, ‘पछिल्लो समयमा प्रवासमा रहेका नेपालीहरुले केवल पैसा मात्रै पठाइरहेका छैनन्, मत प्रभावित गर्ने गरी विचार पनि पठाइरहेका छन् । निर्वाचनमा निर्णायक भूमिका निभाइरहेका छन् । हो, तिनै समुदायलाई हामी बलियो गरी यहाँ गोलबन्द गर्नेछौं ।’ 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७