यात्रु चाप बढेकाले नेवानिले ठूलो जहाजबाट काठमाडौं–भैरहवा उद्धार उडान भर्दै


१७:३३ बजे

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । निगमले हालैको बाढी पहिरोका कारण सडक अबरुद्ध भएका र काठमाडौंबाट बाहिर जाने आउने राजमार्गहरु कतिपय ठाउँमा अवरुद्ध भएका कारण वडा दशैंलाई लक्षित गरेर फूलपातीको दिन सो रुटमा उद्धार उडान गर्ने भएको हो ।

निगमका प्रवक्ता रमेश पौडेलद्वारा जारी बिज्ञप्तिमा यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने-आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएकोले स्थलमार्गबाट सर्वसाधारणलाई आफ्नो घर फर्किन कठिनाई भएको कुरालाई मध्ष्नजर गरेर निगमले उद्धार उडान गर्न लागेको उल्लेख छ । 

सम्मुखमा नै आएको नेपालीहरुको महान पर्व वडा दशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन÷जान सहज होस भनेर वडादशैंको फुलपातीको दिन असोज २४ गते काठमाडौं–भैरहवा–काठमाडौं निगमको ए–३२० जहाजबाट उद्दार उडान गर्ने निर्णय भएको बिज्ञप्तिमा उल्लेख छ । उद्धार उडानमा काठमाडौं– भैरहवाका लागि टिकटको मूल्य ७ हजार तय गरिएको छ । त्यसैगरी भैरहवा– काठमाडौंका लागि ३ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ ।

विषम परिस्थितिमा उद्दार उडानमा खटिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले निर्देशन दिएका र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष पहल गरेका पनि पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यात्रुले टिकट निगमको कार्यालय वा निगमको वेव साइटबाटमार्फत लिन सक्नेछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७