अनियन्त्रित भएर आएको माइक्रो घरभित्र छिरेपछि ...


१८:०९ बजे

दाङ । दाङको तुलसीपुरमा गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । तुलसीपुरबाट सल्यान हुँदै रुकुम पश्चिमका लागि छुटेको माइक्रो गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको बा.प्र ०३ –००१ ज ७७२ नम्बरको विद्युतीय माइक्रो गाडी तुलसीपुर उपमहानगरपालिका – ७ डाँडापातुवा सडकमा अनियन्त्रित भई स्थानीय खिमबहादुर मल्लको घरमा छिरेको थियो । 

गाडी केही भाग कोठाभित्रै छिरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी माइक्रो चालक, त्यसमा सवार यात्रु र डेरामा बसेकाहरू घाइते भएका छन् । प्रहरीका अनुसार माइक्रो चालक रुकुम पश्चिम मुसिकोट नगरपालिका– ४ का २५ वर्षीय कुमार सन्यासी, यात्रुहरु सल्यानको शारदा नगरपालिका –  ७ की  २४ वर्षीया कल्पना चलाउने, उनकी  ८ वर्षीया छोरी  निर्मला चलाउने, घर भाडामा बस्दै आएका १२ वर्षीय रणविर नेपाली, सल्यान बागचौर नगरपालिका – ७ का  २७ वर्षीया सपना चलाउने,  जाजरकोटको  भेरी नगरपालिका – ४  घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार  ३९ वर्षीय  दुर्गाबहादुर विक घाइते भएका छन् ।

गाडीमा कुल ९ जना यात्रारत रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रोदशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७