अखिल क्रान्तिकारीको सम्मेलन अनिश्चितकालका लागि स्थगित


२२:३१ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको छ । 

अध्यक्ष मण्डको बुधबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सम्मलेन स्थगित गरेको हो । उमेर हद लगायत विषय विवाद भएपछि सम्मेलन अनिश्चितकालका लागि स्थगित भएको बताइएको छ । तर अध्यक्ष मण्डलले भने निर्वाचनको सबै प्रक्रिया पूरा गर्न दशैं अगाडिको समय पर्याप्त नभएको सुझाव आएपछि सम्मेलन स्थगित गरिएको जनाएको छ ।

‘बन्द सत्रमा छलफलको लागि प्रस्तावित विधान र प्रतिवेदन उपर छलफल जारी रहेको र विधान पारित भई पारित विधान बमोजिम निर्वाचन सम्पन्न गर्न समयको पर्याप्तताबारे पार्टीको निर्वाचन आयोगसँग परामर्श भएको थियो, जसमा निर्वाचनको सबै प्रक्रिया पूरा गर्न दशैं अगाडिको समय पर्याप्त नभएको सुझाव आयो, प्राप्त सुझावलाई समेत मध्यनजर गरी निष्कर्षमा पुग्न अध्यक्षमण्डलबीच व्यापक र गम्भीर छलफल हुँदा हाल जारी रहेको राष्ट्रिय सम्मेलन स्थगित गर्न उचित र श्रेयस्कर भएको निष्कर्षसहित हाललाई जारी सम्मेलन स्थगित गर्ने निर्णय गरिएको हो’, सूचनामा उल्लेख छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७