सर्वोच्चबाट बिदा भए प्रधानन्यायाधीश श्रेष्ठ


१२:१२ बजे

काठमाडौँ । आफ्नो ६५ वर्षे उमेर हदका कारण प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ सर्वोच्च अदालतबाट बिदा भएका छन् । उमेर हदका कारण असोज २० गते अनिवार्य अवकाशमा जाने भए पनि अदालतहरू घटनास्थापनादेखि नै बिदा हुने भएकाले श्रेष्ठलाई आजदेखि बिदा भएका हुन् । उनलाई सर्वोच्चका न्यायाधीश तथा कर्मचारीहरूले विशेष कार्यक्रम गरी बिदाइ गरेका थिए ।

गत वर्षको भदौ ४ गते प्रधानन्यायाधीशमा नियुक्त भएका उनले १३ महिना भन्दा केही बढी न्यायपालिकाको नेतृत्व गरेका छन् । उनले ४२ वर्ष बढी समय न्याय सेवामा बिताए । २०३८ चैत २७ गते कानुन मन्त्रालयको अस्थायी अधिकृतबाट सेवा प्रवेश गरेका उनी जिल्ला न्यायाधीश, तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७