‘सुगर ड्याडी’ लाई थुनामा पठाउन अदालतको आदेश


०१:१६ बजे

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ को नामले चिनिने आशिष देउलालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।  

देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई पनि अदालतले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष देउलाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो । 

भदौं १८ गते ३३ वर्षका देउलासहित चार जना पक्राउ परेका थिए । उनको समूहले भदौ ७ गते विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर चरम यातना दिएका थिए । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर चरम यातना दिएको प्रहरीको दाबी छ ।

उनीहरुको समूहले विभिन्न समयमा युवा–युवतीहरुलाई यातना दिने गरेको भेटिएको प्रहरीले बताएको छ ।   देउलासँगै २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन का २२ वर्षका साजन गुरुङ पक्राउ परेका थिए । सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’ भनेर परिचति देउलाको समूहले युवा–युवतीलाई यातना दिएर आनन्द लिएको आरोप लागेको थियो । प्रहरीले देउलाको घरबाट उनले प्रयोग गर्ने नकाव, यातना दिन प्रयाग भएका आइरनलगायतका सामानहरु बरामद गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७