प्रधानन्यायाधीशमा राउत र अष्ट्रेलियाको राजदूतमा यादवको नाम अनुमोदन
काठमाडौं । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । आज (बुधबार) बसेको संसदीय सुनुवाइ समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिस राउतको संसदीय सुनुवाइपछि अनुमोदित भएका हुन् ।यस्तै समितिले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन गरेको छ ।
बुधबार बसेको बैठकले नै सुनुवाइ सकिएसँगै यादवलाई राजदूतमा अनुमोदन गरेको हो । अष्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता अर्यालको पृष्ठभूमिका समस्या देखिएपछि सरकारले यादवको नाम सिफारिस गरेको थियो ।
यादवले अष्ट्रेलियामा राजदूतका रूपमा काम गर्दा नेपाली विद्यार्थीहरूलाई समन्वयन गर्ने, नेपाली व्यवसायीका समस्या सम्बोधनको प्रयास गर्ने, अस्ट्रेलियालीहरूलाई नेपालमा पर्यटकका रूपमा पठाउन प्रयास गर्ने, क्रिकेट खेलमैत्री वातावरण निर्माणको प्रयास गर्ने र अस्ट्रेलियाबाट हुने लगानी वृद्धिका लागि पहल गर्ने बताएकी थिइन् ।