छुटेपछि दुर्गा प्रसाईले भने -अब राजनीतिमा आएँ, प्रधानमन्त्री बन्छु

‘मेरो बोली नै हतियार हो, यो बोली सर्वहाराको हो’


०४:४२ बजे
फाइल फोटो

 काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छुटेका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रसाई मंगलबार साँझ रिहा भएका हुन् ।

प्रसाईसाईविरुद्ध सामाजिक सञ्जालमा एक महिलाको चरित्रहत्या गरेको आरोपमा एउटा मुद्दा दायर भएको छ भने सामाजिक सञ्जालमार्फत चरित्रहत्यासँग सम्बन्धित अर्को मुद्दा पनि दर्ता भएको थियो । रिहा भएपछि प्रसाईले आफू शरीरमा एक थोपा रगत हुञ्जेल आम जनताको पक्षमा लड्ने बताएका छन् । उनले आफू क्यान्सर ‘सर्भाइभर भए पनि वीर अस्पतालबाट जबरजस्ती डिस्चार्ज गरिएको आरोप लगाए ।

प्रसाईले भने, ‘एक जना केटीलाई मुख छाड्यो, गालीगलौज गर्‍यो भनेर मलाई लगियो, जबकि मैले कसैको नाम लिएको थिइनँ । मलाई लगेपछि सोधियो– केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको ? शेरबहादुरलाई किन यस्तो भनेको छ ? सबै जवाफ दिइसकेपछि सम्मानित अदालतले तारेखमा छोडेर आमाको भूमिका निभाएको छ ।’

‘मेरो बोली नै हतियार हो । यो बोली सर्वहाराको हो । दुर्गा प्रसाईको आवाज मर्‍यो भने तपाईंहरुको बोलिदिने कोही हुँदैन । एक थोपो रगत हुञ्जेलसम्म दुर्गा प्रसाईं बिक्दैन, झुक्दैन र हार्दैन ।’ हिरासतमा आफूलाई प्रहरीले राम्रो व्यवहार गरेको भन्दै उनले धन्यवाद दिए, तर वीर अस्पतालले जबरजस्ती डिस्चार्ज गरिदिएको गुनासो गरे ।  उनले अब उनले आफू प्रधानमन्त्री हुने समेत दावी गरे । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७