संसदीय सुनुवाइ समितिको बैठक ३ बजेलाई सर्‍यो

शैक्षिक प्रमाणपत्र नबुझाए रामकृष्ण भट्टराई आज राजदूतमा अस्वीकृत हुने


२०८१ असोज ८ मंगलबार १४:५५ बजे

काठमाडौं  । संसदीय सुनुवाइ समितिको बैठक ३ बजेका लागि सरेको छ । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबारे निर्णय गर्न आज (मंगलबार) बिहान ९ बजे बोलाइएको बैठक दिउँसो ३ बजेको लागि सरेको हो । 

सिंहदरबारमा सोमबार बसेको बैठकमा प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्न दुई तिहाइको संख्या नपुगेपछि मंगलबारको बैठकले निर्णय लिने समितिका सदस्य एवं कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनका अनुसार सोमबार बैठकमा १५ मध्ये ८ सदस्य मात्रै सहभागी थिए । 

समितिले माग गरेको स्नातक तहको शैक्षिक प्रमाणपत्र आज पनि बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईको नाम अस्वीकृत गर्ने समितिको तयारी छ । घिमिरेले प्रस्तावित व्यक्तिका नाम अस्वीकृत गर्न दुई तिहाइ संख्या आवश्यक पर्ने तर बैठकमा बहुमत सदस्यमात्रै रहेकाले निर्णय गर्न नसकिएको बताए । भट्टराईको राजदूत नियुक्त हुनका लागि आवश्यक स्नातक तह पासको प्रमाणपत्र उपलब्ध नभएपछि समितिले सोमबारसम्म प्रमाणपत्र बुझाउनका लागि समय दिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७