ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई विमानस्थलमा भव्य स्वागत (तस्वीरहरू)


२०८१ असोज ८ मंगलबार १४:५९ बजे

 काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २० औं सिनियर एशियाली कराँते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेर एरिका गुरुङ स्वदेश फर्किएकी छिन् । एरिका एशियाली सिनियर कराँतेमा फाइनल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । ६८ किलो माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ स्वर्ण पदक पाउन चुकेकी थिइन् ।

एशियन कराँते फेडरेसनले आयोजना गर्ने एशियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन । ऐतिहासिक पदक जितेको खुशीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेका थिए ।

एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थल पुगेका थिए । साथमा ब्याण्ड टोलीले पनि एरिकालाई स्वागत गरेको थियो । उनलाई नेपाल प्रहरीको सजाइएको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७