रविन्द्रसँग प्रचण्डका मनका कुरा : महेन्द्र गज्जब भिजनरी, ज्ञानेन्द्र अलि नरम भइ दिएको भए परिस्थिति अर्कै हुन्थ्यो

‘अर्को निरन्तरतामा क्रमभङ्गता अत्यावश्यक भइसक्यो’


२०८१ असोज ८ मंगलबार १४:५४ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । आज (मंगलबार) बिहान खुमलटारमै पुगेर मिश्रले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । 

भेटमा आफूले ‘देश विष्फोटनको अवस्था उन्मुख रहेको भन्दै अब राजसंस्था पुनर्स्थापित नगर्ने हो भने तपाईंहरूको अग्रगमन बाँकी नरहने’ प्रचण्डलाई सुनाएको मिश्रले बताएका छन् । आफ्नो कुरा सुनेपछि प्रचण्डले लामो व्याख्या गरेको उनले उल्लेख गरेका छन् । जवाफमा प्रचण्डले पनि अहिलेकै स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा आफू पुगेको सुनाएको उनले दाबी गरेका छन् ।

‘यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म (प्रचण्ड) पनि पुगिसकें । म अहिले नै तपाईको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै मिश्रले लेखेका छन्, ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।’

यस्तो छ मिश्रको स्टाटस
१) यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकें । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।
२) पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पञ्चायतकालमा धेरै राम्रो काम भएको रहेछ। राजा महेन्द्र त गज्जबका ‘भिजनरी’ राजा रहेछन् ।
३)  द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाका बारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।
४) राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति अर्कै हुन्थ्यो ।
५) देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।
६) अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन । देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो । तर अब यसरी चाहिँ हुँदैन ।
७) म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ । ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७