छबिलाल जोशीलाई बयानका लागि लगियो सरकारी वकिलको कार्यालय


२०८१ असोज ८ मंगलबार १४:५८ बजे
फाइल फोटो

पोखरा ।  सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।  आज (मंगलबार) बिहान साढे १० बजे सरकारी वकिल कार्यालय पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिएका छन् । 

आजबाट बयान सुरू भएको र कहिले सकिन्छ भन्न नसकिने उनले बताए । जिल्ला अदालत कास्कीले जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको थियो ।  जोशी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए ।

उनलाई बुद्ध एयरको हेलिकप्टरमा आइतबार राति नै पोखरा पुर्‍याइएको थियो । संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो । गृह मन्त्रालयले सिफारिस तत्काल कार्यान्वयन गर्न भनेकै दिन जोशी पक्राउ परेका थिए ।   

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७