सुनका अहिलेसम्मकै सर्वाधिक महँगो, तोलाको कति पुग्यो ?


२०८१ असोज ८ मंगलबार १५:०० बजे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (मंगलबार) नयाँ कीर्तिमान बनाएको हो । आज सुनको मूल्य ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन चाँदीको मूल्य भने घटेको छ । यो दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७