गगनप्रति रविको कटाक्ष : कसैको राजनीति बचाई दिने मैले बली चढीदिनु पर्ने ?


२०८१ असोज ७ सोमबार १३:१३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले आफू अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले अनुसन्धानका लागि आफू जहाँ जान पनि तयार रहेको बताएका हुन् । 

‘मलाई कसैको अनुकम्पा चाहिँदैन, तर अन्याय गर्न पाइँदैन कसैको राजनीतिक बचाइ दिन मैले प्रतिशोधको सामना गर्नुपर्ने, मैले बली चढिदिनु पर्ने ?’ उनले प्रश्न गरे । उनले आफूले छानबिन समितिमा आफ्नो कुरा राखिसकेको र छानबिन प्रतिवेदनले आफ्नो संलग्नता छैन भनेर स्पष्ट परेको दोहोर्‍याए । उनले आफूमाथि पक्राउ पुर्जी जारी गरेको छैन भनिए पनि विश्वस्त हुन नसकिएको कार्यकर्तालाई बताए । 

उनले सहकारीपीडित संघर्ष समितिको नेतृत्व गर्न आफू तयार रहेको भन्दै वर्षौंदेखि मलाई घेराबन्दी गर्नुपर्ने कारण के हो ? भन्दै प्रश्न समेत गरेका छन् । प्रहरीले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरेर पोखरा पुर्‍याइसकेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७