अन्तिम मिनेटको गोलले आर्सनलसँग हारबाट जोगियो सिटी


२०८१ असोज ७ सोमबार १३:१८ बजे

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनल बराबरी खेलेका छन् । गए राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफूलाई हारबाट बचाएको हो । दुवै क्लब २–२ को बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका थिए ।

खेलको इन्जुरी समयको ९७औं मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो । सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए । त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए ।

त्यस्तै आर्सनलका लीन्द्रो ट्रोसार्डले पहिलो हाफको अन्त्यमा दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो । यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ । त्यसैगरी आर्सनलको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७