युवतीमाथि बलात्कार र लुटपाट, आमाको कोरा बसेकै ठाउँबाट युवक पक्राउ


२०८१ असोज ७ सोमबार १३:०८ बजे

डोटीमा । डोटीमा आमाको किरिया (कोरा) बसेका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ । घटनापछि रैकाल फरार भएका थिए ।

शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका थिए । आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो । ‘हिजो राति जिल्ला सदरमुकाम पुर्‍याएका छौं । आज म्याद थपका लागि अदालत पेश गरिन्छ, आरोपीलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान हुनेछ’, डीएसपी भट्टराईले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७