न्यूयोर्कमा प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द

सुरक्षा संवेदनशीलता देखियो–महावाणिज्य दूतावास


२०८१ असोज ७ सोमबार १३:१४ बजे

काठमाडौँ । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत अन्तरक्रिया कार्यक्रम रद्द गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो । न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले सूचना जारी गर्दै सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री ओलीले नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम रद्द गरिएको जनाइएको छ ।  

‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा ज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ,’ नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले जारी गरेको सूचनामा भनिएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७