मध्यराति रविको स्टाटस : न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यू...


२०८१ असोज ७ सोमबार १३:१७ बजे

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा सरकारले पक्राउ गर्ने तयारी गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिका रहेका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति मध्यराति आक्रोश व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओली अहिले अमेरिकामा भ्रमणमा छन् । यता सहकारी छानबिनका लागि गठित संसदीय विशेष समितिले दोषी औंल्याएकाहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । गृहमन्त्री रमेश लेखकले निर्देशन दिए लगत्तै सो प्रकरणमा प्रहरीले आइतबार नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ भने पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । 

यसै क्रममा लामिछानेले मध्यराति सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीप्रति आक्रोशपूर्ण व्यंग्य गरेका हुन् ।  उनले लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि....।’

सभापति लामिछानेलाई पक्राउ गर्ने तयारी गरिएपछि काठमाडौंको चःमतीस्थित पार्टी कार्यालयमा रविसहित रास्वपाक नेता कार्यकर्ता राति अबेरसम्म भेला भएका छन् । आइतबार दिउँसो प्रहरीले लामिछानेका तत्कालीन व्यापारिक साझेदार पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेका थिए । उनलाई हिजै राति कास्की लगिएको छ । 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७