अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय : चन्द्र ढकाल


२०८१ असोज ४ शुक्रबार १५:२८ बजे

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे ।

उनले निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताए । उनले पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको बताए । उनले अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उल्लेख गरे ।

उनले व्यवसायीहरुको नेतृत्व गर्नेहरुले सकारात्मक माहोल तयार गर्नसके लगानीको वातावरण बन्ने दाबी गरे । अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउन सके, स्वतःफुर्तः काम गर्न सके मात्रै रोजगारी सिर्जना, राजश्व वृद्धि हुने दाबी गरे । तीन तहकै सरकारले निजी क्षेत्रलाई इन्करेज गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७