प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस


२०८१ भदौ ३१ सोमबार ०६:५७ बजे

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । आज (सोमबार) साँझ बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि २० असोजमा सकिँदै छ । प्रधानन्यायाधीशले अवकास पाउनुभन्दा एक महिनाअघि भावी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउनु पर्ने व्यवस्था छ । सोहीअनुसार संवैधानिक परिषद्को बैठकले राउतको नाम सिफारिस गरेको हो ।

न्यायपरिषद्ले प्रधानन्यायाधीशका लागि योग्य ८ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्मा पठाएको थियो । परिषद्ले वरिष्ठताका आधार सर्वोच्चका न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको परिषद्का एक सदस्यले जानकारी दिए ।

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको सिफारिस गरी पठाएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी १९ असोजमा ६५ वर्षे उमेर हदका कारण अवकाश हुँदैछन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७