उपसभामुखबारे प्रधानमन्त्री : के भएको रहेछ भनेर सोध्न पनि नपाउने ?


२०८१ भदौ ३१ सोमबार १०:४३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको स्पष्ट पारेका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि आज (सोमबार) प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । 

भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको थियो । सोहीबारे संसद्लाई जानकारी दिँदै उनले अनावश्यक कुरा नउचाल्न आग्रह गरे ।

‘प्रस्तावै नगरेको विषयमा कसरी छलफल भयो ? संसदमा छलफल गरेको विषयमा पनि होइन । कसैले कुरा गरेको भनेको विषयमा उत्पातै मच्चाए । संसदमा के भएछ भनेर सोध्न पनि नहुने ? जातीयता, लिङ्ग वर्गको कुरा उछालेका छन् । यस्ता अनावश्यक कुरा नउचाल्न म माननीय ज्यूलाई आग्रह गर्दछु’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७