भोटेकोशीमा खसेको बोलेरो निकालियो, यात्रु भेटिएनन्


२०८१ भदौ २८ शुक्रबार २३:०२ बजे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा खसेको गाडी भेटिएको छ ।क्रेनको सहयोगबाट खोज्ने क्रममा नदीमा आधा भन्दा बढी भाग डुबेको अवस्थामा  गाडी फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए ।

बा २० च २१८५ नम्बरको बलेरो गाडी नदीबाट निकालिएको एसपी उनले बताएका छन् । गाडीमा मान्छे नभेटिएको र थप अनुसन्धान भइरहेको उनले बताएका छन् । खड्काले भने, ‘अहिले भर्खरै गाडी चाहिँ निकालियो, बा २० च २१८५ नम्बरको बलेरो रहेछ । तर गाडीमा कोही पनि छैनन् । गाडी कसले चलाएको, यो गाडी कसको हो, थप अनुसन्धान भइहरहेको छ ।’ शुक्रबार दिउँसो मोटरसाइकल चालकले प्रहरीलाई गाडी खसेको खबर गरेका थिए ।

त्यस लगत्तै प्रहरीले भोटेकोशीको भेलामा गाडी खोजी सुरु गरेको थियो । यसैबीच सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले भने गाडी तातोपानीबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको जनाएका छन् । बोलेरोमा चालक सिन्धुपाल्चोकको भोटेकोशीका ३८ वर्षीय सानु शेर्पा र बाह्रविसेका सुन्तली तामाङ रहेको बुझिएको भए पनि ठ्याक्कै भन्न सक्ने अवस्था नरहेको बताए ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७