उपसभामुखबारे धारणा बनाउन देउवाले बोलाए बैठक, सांसदहरु हस्ताक्षर संकलन गर्दै


२०८१ भदौ २५ मंगलबार १२:०५ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभामुख इन्दिरा रानामगरबारे पार्टीको धारणा बनाउन पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक डाकेका छन् । देउवाले बुधबार बिहान आफ्नै निवास बुढानीलकण्ठमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको एक पदाधिकारीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सत्तारुढ दलको बैठकमा उपसभामुख रानामगरलाई हटाउन प्रस्ताव गरेका थिए । यद्यपि उनीबिरुद्ध आचरणको प्रस्ताव मंगलबार ल्याउने भनिए पनि यससम्बन्धी कुनै प्रस्ताव दर्ता भएको छैन । संसद बैठकमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीसहित विपक्षी सांसद्हरुले भने उपसभामुख रानामगरलाई हटाउने प्रयास नगर्न चेतावनी दिएका थिए । कांग्रेस सभापति देउवाले सोही विषयमा पार्टीका नेताहरुको धारणा बुझ्न बैठक बोलाएका हुन् ।

यसैबीच कांग्रेसले उपसभामुख रानामगरलाई हटाउने तयारी स्वरुप हस्ताक्षर थालेको छ । कांग्रेस सचेतक सुशीला थिङले संसद बैठक कक्षमा  फाइल उचाल्दै आफ्ना प्रत्येक सांसदकोमा पुगेर हस्ताक्षर संकलन गरेको स्रोतले जानकारी दिएको छ ।

उपसभामुखविरुद्ध एमालेले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिरहेको स्रोतले जानकारी दिएको छ । यता  सत्तारुढ गठबन्धनले उपसभामुख मगरलाई हटाउने तयारी गरेको चर्चासँगै रास्वपाले आज संसदीय दलको बैठक बोलाएको थियो । रास्वपाबाट उपसभामुख बनेकी रानामाथि पाँच जनालाई अमेरिका पुर्‍याउन पदको दुरुपयोग गरेर अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७