सर्वोच्चको नयाँ मापदण्डको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ : सांसद पन्त


१०:२१ बजे
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव दिएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाले जनतालाई असर गरेको बताउँदै पुनरावलोकनमा जानुपर्ने बताएका हुन् । सांसद पन्तले सर्वोच्चको उक्त फैसलाविरुद्ध सरकार पुनरावलोकन नजाने हो भने जनताको सम्पत्तिमाथिको हक हनन हुने बताउँदै उनले भने, ‘जनताको मनस्थिति, मनोभावना र उनीहरुलाई परेको अन्यायलाई ध्यानमा राख्दै सरकार तुरुन्तै पुनरावलोकनमा जाओस् । सर्वोच्च अदालतलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु–उपत्यका जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुन्छ भन्ने अपेक्षा गरेका छन् ।’

उनले कहिलेकाही न्यायाधीशहरु कानुनी व्यवस्थामा बाधिनुपर्ने अवस्था आउने भए पनि कुनै विषयमा व्यवहारिक रुपमा न्यायाधीशले हेर्नुपर्ने बताए । उनले यस मुद्धामा सर्वोच्चले व्यवहारिक पक्ष हेर्नुपर्नेमा जोड दिए ।    
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७