निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान जारी छ : गृहमन्त्री


०१:३२ बजे

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको सुक्ष्म अनुसन्धान जारी रहेको बताएका छन् । बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सुक्ष्म ढंगले अनुसन्धान हुन्छ, अहिले यस्तो भइसक्यो त्यस्तो भइसक्यो भनेर भन्न उचित हुँदैन जस्तो लाग्छ’ गृहमन्त्री लेखकले भने । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला पन्त ०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला भेटिएकी थिइन् । गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला ११ साउनको बिहान मृत भेटिएकी थिइन् । धेरै वर्ष बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७