‘समाजवाद’ शब्द हटाउन कांग्रेस वैठकमा माग


२०८१ श्रावण २८ सोमबार १०:२४ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसमा पार्टीको मूल आदर्शका रुपमा रहेको ‘समाजवाद शब्द’  हटाउनु पर्ने माग उठेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा संसदीय दलका प्रमुख सचेतक समेत रहनु भएका केन्द्रीय सदस्य श्याम घिमिरेले पार्टीबाट ‘समाजवाद’ शब्द हटाउनु पर्ने प्रस्ताव राखेका हुन् ।

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल आदर्श मान्दै आएको छ । घिमिरेले कम्युनिस्ट र कांग्रेस भिन्न पार्टी रहेको देखाउन पनि ‘समाजवाद’ पार्टीको सिद्धान्तबाट हटाउनुपर्ने माग गरेका हुन् ।
विश्व बजारीकरण, उदार अर्थतन्त्र, बहुलवादलाई स्वीकारेको कांग्रेसले कसरी समाजवादलाई आदर्श मान्न सक्छ भन्दै घिमिरेले व्यावसायिक क्षेत्रको मनोबल बढाउन पनि कांग्रेसलाई समाजवादलाई अघि बढाउन नहुने बताए । कांग्रेस समाजवादी पार्टी नभएको उनको जिकिर छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७