अमेरिकाले मागेको भनिएको हसिनाको सत्तासँग जोडिएको ‘सेन्ट मार्टिन टापु’ को विशेषता के ?
ढाका । सेन्ट मार्टिन टापु, जसलाई लिएर बंगलादेशको राजनीतिमा धेरै हंगामा मच्चिएको छ । के तपाईलाई थाहा छ, यो टापु मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । म्यानमारबाट यसको दूरी मात्र ५ माइल टाढा छ ।
ढाका ट्रिब्यूनका अनुसार यो टापु १८ औं शताब्दीमा अरब व्यापारीहरूले बसाएको थिए । उनीहरुले यसको नाम ‘जजिरा’ राखेका थिएँ । त्यसपछि ब्रिटिस सरकारले कब्जा गर्यो । चटगाउँका उपायुक्तको नाममा यस टापुको नाम ‘सेन्ट मार्टिन’ टापु राखिएको थियो । यस टापुलाई बंगाली भाषामा ‘नारिकेल जिन्जिराु’ (नारियल टापु) वा दारुचिनी द्वीप (दालचीनी द्वीप) भनिन्छ । यो बंगलादेशको एक मात्र कोरल टापु हो ।
पर्यटनका अलावा यो टापु व्यापारका लागि पनि महत्वपूर्ण छ । यस टापुमा ९ वटा गाउँ छन्, जसमा करिब ३ हजार ७ सय मानिस बस्छन् । उनीहरुको पेशा माछा मार्ने, धान र नरिवल खेती हो । यहाँका किसानहरूले आफ्नो उत्पादन नजिकैको देश म्यानमारका मानिसहरूलाई बेच्छन् ।
भौगोलिक अवस्थिति महत्वपूर्ण छ, यहाँबाट चीन–भारत अनुगमन गर्न सकिने जनाईएको छ । सेन्ट मार्टिनको भौगोलिक स्थान धेरै महत्वपूर्ण छ । डेली स्टारका अनुसार यदि कुनै देशले सेन्ट मार्टिनमा सैन्य अड्डा बनाउँछ भने यसले मलाक्का स्ट्रेट नजिकैको किनार प्राप्त गर्नेछ । चीनले यातायातका लागि यो मार्ग प्रयोग गर्दै आएको छ । यो टापु चीन र म्यानमारमा नजर राख्न मात्र होइन, भारतले यहाँबाट के गरिरहेको छ भनेर जान्न पनि प्रयोग गर्न सकिन्छ ।
चाखलाग्दो कुरा के छ भने म्यानमारले पनि सेन्ट मार्टिन टापुमाथि दाबी गरेको छ । सन् १९३७ मा म्यानमार ब्रिटिस शासनबाट अलग भए छि पनि यो टापु ब्रिटिस इन्डियाको हिस्सा रह्यो । सन् १९४७ मा भारतले स्वतन्त्रता पाएपछि पनि बेलायतले यस टापुमा आफ्नो नियन्त्रण कायम राखेको थियो । तर, केही समयपछि पाकिस्तानले नियन्त्रणमा लिएको थियो ।
सन् १९७१ मा पाकिस्तान अलग भएपछि बंगलादेशले यस टापुमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो । द डेली स्टारको रिपोर्ट अनुसार सन् १९७४ मा बंगलादेश र म्यानमार दुबैले सेन्ट मार्टिन टापुमा बंगलादेशको नियन्त्रण रहने सहमति गरेका थिए ।
सन् २०१८ मा म्यानमारले आफ्नो आधिकारिक नक्सामा ‘सेन्ट मार्टिन टापु’ लाई आफ्नो भागको रूपमा घोषणा गरेको थियो । तर, बंगलादेशको आपत्तिपछि परराष्ट्र मन्त्रालयले आफ्नो गल्ती स्वीकार गर्दै यो नक्सा हटाएको थियो । यसअघि पनि धेरै पटक म्यानमारका सेनाले यस क्षेत्रमा बंगलादेशी नागरिक माथि आक्रमण गरिसकेका छन् । रिपोर्टका अनुसार रोहिंग्याहरूले म्यानमारबाट भागेर बंगलादेश छिर्नका लागि पनि उक्त टापु प्रयोग गर्ने गरेको छ । –न्यूज कारखाना