फोहोरको थुप्रो भत्किँदा दुई बालबालिकासहित आठ जनाको गयो ज्यान


२०८१ श्रावण २७ आइतबार ११:२९ बजे

कम्पाला ।  युगाण्डाको राजधानी कम्पालामा शनिबार एउटा फोहर जम्मा गर्ने स्थल (ल्यान्डफिल साइट) भत्किँदा दुई बालबालिकासहित आठ जनाको ज्यान गएको नगरका अधिकारीले जानकारी दिएका छन् ।

भारी वर्षापछि कम्पालाको उत्तरी जिल्ला कितेजीमा फोहोरको थुपारेको स्थानमा पहिरो जाँदा केही घर, मानिस र जनावर फसेको बताएका छन् । कम्पाला क्यापिटल सिटी अथोरिटी (केसीसीए) ले एक विज्ञप्तिमार्फत यहाँ अहिलेसम्म मृत फेला परेका आठ जना व्यक्तिमध्ये दुई बालबालिका समेत रहेको उल्लेख गरेको छ ।

केसीसीएले १४ जनालाई सकुशल उद्धार गरी अस्पताल लगिएको जनाएको छ । उनीहरूको अवस्था भने खुलाएको छैन । नगर प्रशासनले भनेको छ, ‘यहाँ उद्धार कार्य अझै जारी छ । थप जानकारीलाई निरन्तर अपडेट गर्नेछौँ ।’ एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७