ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो पाँचौं पटक स्वर्ण
काठमाडौं । म्यालोरी स्वानसनको विजयी गोल मद्दतमा अमेरिकाले ओलम्पिक महिला फुटबलको फाइनलमा ब्राजिललाई १–० गोलअन्तरले पराजित गर्दै पाँचौं पटक कीर्तिमानी स्वर्ण पदक जितेको छ ।
पार्क डेस प्रिन्सेसमा भएको खेलमा ब्राजिल र अमेरिकारको खेल निकै प्रतिस्पर्धात्मक थियो । स्वानसनले आफ्नो १०० औं क्यापमा गोलकिपर लोरेनालाई छक्याउँदै गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन् । उनले दोस्रो हाफको १२ औं मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन् ।
सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको अमेरिकाले १२ वर्षपछि फुटबलमा स्वर्ण जित्यो । महिला फुटबलकोे कास्य पदक भने जर्मनीले जित्यो । पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्पेनले फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको छ ।