‘केयर गिभर’ मा इजरायल जाने कतिको भयो आवेदन स्वीकृत ?
काठमाडौं । इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा केयर गिभरमा काम गर्नका लागि दोस्रो चरणमा तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको छ । वैदेशिक रोजगार विभागका अनुसार दोस्रो चरणमा केयर गिभरका लागि आवेदन दिएका चार हजार २४ जनामध्ये एक हजार ८६३ पुरुष र एक हजार ५९८ महिला गरी तीन हजार ४६१ जनाको आवेदन स्वीकृत भएको हो ।
कागजात नपुगेका तथा रित नपुगेका कारण १९७ पुरुष र १२४ महिला गरी ३२१ जनाको आवेदन रद्द भएको विभागले जनाएको छ । विभागका महानिर्देशक डण्डुराज घिमिरेले कागजात अपुग भएका ३२१ बढी उम्मेदवारको आवेदन रद्द गरेको जानकारी दिए ।
केयर गिभरका लागि विभागले गत असार ११ गतेदेखि साउन ११ गतेसम्म एक हजार वैकल्पिकसहित दुई हजार आवेदन आह्वान गरेको थियो । नेपाल र इजरायलबीच भएको सम्झौता अनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाइँदै आएको छ ।