एमालेमा योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी


०६:४६ बजे

 काठमाडौं । नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको छ । आज (बिहीबार) बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो । उनले संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई संम्बोधन गर्न विभागले काम गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरुको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु ।’ उनी यसअघि मधेश प्रदेशका इञ्चार्ज थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७