स‌विधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमति मान्दैनौं : झलनाथ खनाल


२०८१ श्रावण १२ शनिबार ०९:१६ बजे
फाइल फोटो

 काठमाडौं  । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेबीचको सहमति नमान्ने चेतावनी  दिएका छन् । 

पुष्पलाल स्मृति प्रतिष्ठानले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै खनालले सत्तारुढ दुई ठूला पार्टीले सत्ता स्वार्थका लागि गरिएको कुनै पनि सहमति सैह्य नहुने बताएका हुन् । उनले समानुपातिक प्रणालीलाई मास्ने गरी दुई ठूला दलबीच सहमति भएको भनिएको सुनिएको उल्लेख गर्दै यदि त्यो सही हो भने आफूहरूले मेचीदेखि महाकालीबाट संग्राम शुरु गर्ने चेतावनी दिए ।

खनालले संविधान संशोधनको विषयलाई ठूला राजनीतिक दलहरूले खेलाँचीको विषय बनाउन नहुने बताए । ‘संसदमा पनि ढाँटिएको छ । संसदभित्र त्यसको हस्ताक्षर गरिएको पत्र किन प्रस्तुत गर्न सकिएन ? ती पार्टीहरूले किन गर्न सकेनन् ? किन लुकाइरहेका छन् ती कुरा ? कसैले नौ बुँदे भन्दैछन् । नौ बुँदे हो कि १५ बुँदे हो कि ? के थाहा हामीलाई । खै सही गरेको सहमति पत्र ? हामी त्यो चाहन्छौं’ उनले भने, ‘यो संशोधन गर्ने हो भने के मा संशोधन गर्ने ? यो संविधान संविधान सभाले बनाएको हो । कसैको निगाहाले बनाइएको होइन । दुई वटा पार्टीले मात्रै बनाएको पनि होइन । संविधान सभाले बनाएको हो । र संविधान सभाको म्यान्डेटलाई अभिव्यक्त नगर्ने कुनै पनि संशोधन नेपाली जनतालाई मान्य हुँदैन । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७