ठूला दलले थ्रेसहोल्ड बढाएर सान पार्टी सक्न खोज्दै छन् : प्रचण्ड

‘एमालेभित्र पनि ठूलो पंक्ति एकताकै पक्षमा छ’


२०८१ श्रावण १२ शनिबार ०९:०७ बजे
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक पटक असफल हुँदैमा नेपालका कम्युनिष्ट पार्टीहरू एक हुने उद्देश्यबाट विमुख हुन नहुने बताएका छन् । 

आज (शनिबार) काठमाडौंमा पुष्पलालको जन्म शताब्दीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कम्युनिष्टहरुलाई मिल्न नदिन कतैबाट षड्यन्त्र भइरहेको आशंका व्यक्त गरे । ‘एकचोटी असफल भयो भन्दैमा हामीले फेरि नेपालको समाजवादको आधार बनाउनका लागि उद्देश्य फेर्ने भन्ने हुन सक्दैन । मैले पछिल्लोचोटी पनि वामपन्थी एकतालाई एकताबद्ध बनाउने आधारमा नै एकचोटी जमर्को गरेकै हो । अहिले त्यहाँ के के भयो भन्ने धेरै भन्न चाहन्नँ,’ प्रचण्डले भने । 

उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको सन्देशलाई जनताले नै स्वीकार गरे पनि जोगाउन नसकिएको बताएका छन् । ‘पार्टीभित्रबाट र आम जनताबाट पनि राम्रो अनुमोदन प्राप्त भयो । झण्डै दुई तिहाई प्राप्त गरेका थियौं । एकताको सन्देशलाई जनताले सहर्ष स्वीकार गरेर अनुमोदन गर्दा नजिक पुगेका थियौं । तर त्यसलाई बचाउन सकिएन,’ अध्यक्ष प्रचण्डले भने । 

उनले नेकपा एमालेभित्र पनि ठूलो पंक्ति एकताकै पक्षमा रहेको जिकिर गरेका छन् । ‘नेकपा एमालेभित्र पनि ठूलो पंक्ति देशभित्र अझै छ, कम्युनिष्ट आन्दोलनमा त्याग गरेको पंक्ति अहिले पनि छ । म ती सबै साथिहरूलाई अपिल गर्न चाहन्छु,’ उनले भने, ‘एकताबद्ध गर्ने पटक पटकको प्रयासलाई कुन त्यो शक्तिले सफल हुन दिएको छैन त्यो सोच्नुपर्ने छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले दलाल पुँजीपतिको सेटिङमा आफू आत्मसमर्पित हुन नसकेपछि सत्ता छाडेको दाबी गरेका छन् । ‘म भर्खरै सरकारबाट बाहिर आउँदै गर्दा दलाल पुँजीपतिको सेटिङको अगाडि आत्मसमर्पण गर्न नसकेकै परिणाम आजको राजनीतिक परिस्थिति हो,’ प्रचण्डले भने, ‘दलाल पुँजीवादविरुद्धको संघर्ष हामी सबैले विचार गर्नुपर्ने सघंर्षभित्र पर्छ ।’  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले दुई दलीय व्यवस्थातिर मुलुकलाई लैजान खोजेको बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७