वामदेवको प्रस्ताव : सबै कम्युनिष्ट एक बनाउन लागौं


२०८१ श्रावण १२ शनिबार ०९:२५ बजे

काठमाडौं । नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएकाले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध गर्नुपर्ने प्रश्ताव आफूले राख्नु परेको उनको भनाइ थियो ।

पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका कम्युनिष्ट पार्टीका नेताहरु सहभागी रहेको सो कार्यक्रममा संयोजक गौतमले कम्युनिष्ट पार्टीहरु फुट्दै जाने कुरामा समाजवाद निर्माण गर्न नसकिने भएकाले पनि सबै कम्युनिष्ट पार्टीहरु एकताबद्ध भएर अघि बढनुको विकल्प नरहेको बताएका छन् । उनले केही कम्युनिष्ट पार्टीहरुबीच केही भिन्नता भए बसेर हल गर्न सकिने उल्लेख गर्दै समाजवाद निर्माण गर्ने लक्ष्य प्राप्तका लागि पनि सबै कम्युनिष्ट पार्टीहरुबीच एकता भएर अघि बढ्नुको विकल्प नरहेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७