धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते  


२०८१ श्रावण १२ शनिबार ०८:५१ बजे
फाइल फोटो

जनकपुरधाम । भंगहा–जनकपुर–जयनगर रेल्वेको लिकमा परेर एक युवकको दुवै खुट्टा गुमेको छ । जनकनन्दनी गाउँपालिका– ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो ।

रेलको लिक छेउको बाटोबाट हिंडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको लिकमा परेका हुन् । जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिए । दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७