बिरामीको मृत्युपछि धनगढीको नोभा अस्पतालमा तनाव, आफन्तले गरे ढुंगामुढा


२०८१ श्रावण १२ शनिबार ०८:५९ बजे

धनगढी । कञ्चनपुर बेलौरीका १७ वर्षीय युवक नसीव चौधरी मृत्यु प्रकरणले उग्ररुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतिपूर्ति माग गरेका छन् । आक्रोशित आफन्तहरुले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ ।

कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अस्पतालमा ढुंगामुढा गरिरकेका बेला प्रहरीले छेकेपछि प्रहरीमाथि नै ढुंगामुढा गरेकाले बाध्य भएर अश्रुग्यास हानेको जानकारी दिएका छन् । ‘भीड तितरबितर गर्नका लागि प्रहरीले ६ राउण्ड अश्रुग्यास हानेको छ । ३-४ जना प्रहरीलाई ढुंगा लागेर सामान्य घाइते भएका छन्’ एसपी विष्टले भने । 

जण्डिसको बिरामी भएर साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरवाही गरेकाले उनीमाथि कारवाहीको माग गरेका छन् ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगा ए। उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए । तर, उनको भनाई अनुसार अस्पतालले न त उचित उपचार गर्‍यो, न त रिफर नै गर्‍यो। यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् । पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भईरहेका बेला बाहिर जम्मा भएका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो । हिजो मात्रै पीडितका आफन्तहरुले नोभा अस्पतालको रिसेप्सनमा समेत तोडफोड गरेका थिए । 

शुक्रबार अपरान्हदेखि नोभा अस्पतालमा प्रहरीको पहरा छ । आज बिहानैदेखि पीडितका आफन्तहरु अस्पतालमा आउन थालेका छन् । नसिभ चौधरी साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि उनी साउन ८ गते अस्पताल भर्ना भएका थिए ।

उनको जन्डिस बढदै जान थालेपछि अवस्था चिन्ताजनक बन्दै गएको थियो । उनको अवस्था गम्भीर बनेपछि शुक्रबार अस्पतालले रेफर गरेका थियो । रेफर गरेपछि एम्बुलेन्समा राख्नेक्रममा नसिबको मृत्यु भएको हो । उनका बुवा कामका लागि तेस्रो मुलुक रहेको आफन्तहरुले बताएका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७